काठमाडौँ : टी–२० विश्वकप अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो । १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पास् खेले । उनले अविजित ५० रनको योगदान दिए । कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, रोहित पौडेलले १६ तथा गुलशन झा २४ रनमा नटआउट रहे ।
बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो ।
उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले २५ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।










