चुनाव जित्ने भन्दा देश सम्हाल्ने विषय मुख्य हो : शर्मा

२०८२ फाल्गुन ६, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको विषम परिस्थितिमा देश कसले सम्हाल्ने भन्ने विषय महत्वपूर्ण हुने बताएका छन्।

बुधबार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले चुनाव कसले जित्ने भन्दा पनि देश कसले सम्हाल्ने भन्ने कुरा मुख्य रहेको बताएका हुन्।

मधेशले देशको परिवर्तनको लागि सबैभन्दा बढी सहादत दिएको उल्लेख गर्दै उनले भने, ‘हामी जान्दछौँ देशलाई दुखिरहेको छ, मधेशलाई दुखिरहेको छ। यो बेला मूल प्रश्न कसलाई जिताउने भन्ने होइन । मूल प्रश्न विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार