काठमाडौं : आइसिसी टी २० विश्वकपमा पाकिस्तान सुपर ८ चरणमा पुगेको छ।
बुधबार भएको खेलमा नामिबियालाई १०२ रनले हराउँदै पाकिस्तान अर्काे चरणमा प्रवेश गरेको हो। सुरुमा ब्याटीङ गरेको पाकिस्तानले १९९ रन बनाएको थियो। जवाफी ब्याटीङमा नामिबिया १७ ओभर ३ बलमा ९७ रनमा अलआउट भएसँगै पाकिस्तानको सुपर ८ को यात्रा पक्का भएको हो।
समूह ‘ए’बाट भारत सुपर ८ मा प्रवेश गरेको छ। यो समूहमा रहेका अमेरिका, नामिबिया र नेदरल्याड्स समूह चरणबाटै बाहिरिएका छन्। नामिबिया चारै खेलमा पराजित हुन पुग्यो।










