काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम-रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताएका छन् ।
रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा भेटघाटका क्रममा प्रचण्डले अब यसलाई विकासको नमूना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन । म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ । रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो । यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ,” प्रचण्डले भने, “कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन् । मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ ।”










