एनसेल र फुडमाण्डुबीच सहकार्य : खानाका परिकारमा १५० छुट अफर

२०८२ फाल्गुन ६, बुधबार

काठमाडौं : एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै ग्राहकका लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले दूरसञ्चार सेवासँगै फुडमाण्डुमार्फत खाना अर्डर गर्दा विशेष छुट सुविधा प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार फागुन ५ गतेदेखि सञ्चालनमा आएको यस अफरमा रु. ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल प्याक खरिद गर्ने ग्राहकहरूले रु. १५० बराबरको छुट कुपन प्राप्त गर्नेछन् । उक्त कुपन फुडमाण्डुमा रु. १,००० वा सोभन्दा बढी मूल्यका विभिन्न परिकार अर्डर गर्दा प्रयोग गर्न सकिनेछ ।

एनसेलका डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले यो सुविधा पाउनेछन् । ग्राहकहरूले एनसेल एप वा नजिकैको एनसेल केन्द्रमार्फत प्याक खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । प्याक खरिद गरेपछि छुट कुपन एसएमएसमार्फत पठाइने कम्पनीले जनाएको छ । एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गर्ने ग्राहकहरूले सोहीअनुसार एकभन्दा बढी रु. १५० का कुपन प्राप्त गर्नेछन् ।

प्राप्त कुपन फुडमाण्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिनेछ । कम्पनीका अनुसार कुपन जारी भएको मितिदेखि २८ दिनसम्म मान्य रहनेछ र यो सुविधा अन्य व्यक्तिलाई हस्तान्तरण गर्न नमिल्ने व्यवस्था गरिएको छ । साथै, यो अफर एनसेलको रिन्यूवल प्याक, सापटी प्याक तथा गिफ्ट प्याकमा भने लागू नहुने स्पष्ट पारिएको छ ।

एनसेलका चीफ कन्जुमर बिजनेश अफिसर उपङ्ग दत्तले कनेक्टिभिटीभन्दा पर ग्राहकको जीवनशैलीमा अर्थपूर्ण प्रभाव पार्ने लक्ष्यसहित यस्तो सहकार्य गरिएको बताए । “फुडमाण्डुसँगको यो साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा यस प्रकारको पहिलो सहकार्य हो । यसले हाम्रा ग्राहकलाई सहज सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्ना मनपर्ने परिकारको आनन्द लिन अवसर प्रदान गर्छ,” उनले भने ।

फुडमाण्डुले हाल काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवललगायतका सहरमा सेवा प्रदान गर्दै आएको छ । यस सहकार्यले डिजिटल सेवालाई दैनिक जीवनशैलीसँग जोड्दै ग्राहक सुविधालाई थप विस्तार गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार