फिल्म ‘शिवांश : च्याप्टर १’ ले गर्‍यो प्रदर्शन स्थगित

२०८२ फाल्गुन ७, बिहीबार

काठमाडौँ : महाशिवरात्रिको अवसर पारेर फागुन १ गते प्रदर्शनमा आएका फिल्महरूका प्रदर्शन स्थगित गर्न थालिएको छ ।

फिल्म ‘बिगुल’ र ‘श्री बुकुरो’पछि अहिले ‘शिवांश : च्याप्टर १’ ले पनि प्रदर्शन स्थगित गरेको छ । फिल्म निर्माण संस्था अन्जन सिने प्रोडक्सन हाउसले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन बुधबारबाट स्थगित गरेको हो ।

फिल्मले उपयुक्त समयमा शो नपाएको भन्दै निर्माण संस्थाले अर्को सूचना नभएसम्मका लागि प्रदर्शन स्थगित गर्ने निर्णय गरेको हो  । पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई रोचक ढङ्गले प्रस्तुत गरेको फिल्म सन्तोषकुमार आत्रेयले निर्देशन गरेका हुन् । फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपानेको मुख्य भूमिका छ ।

फिल्ममा विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायतका कलाकारको अभिनय छ । अञ्जान केसी निर्माता रहेको फिल्मका सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी, कार्यकारी निर्माता शम्भु थापा हुन् ।

633201430_912144884533621_4439851611087495060_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार