काठमाडौँ : तारकेश्वर नगरपालिका–१० मा ११ लाख २२ हजार बराबरको गरगहना चोरी भएको छ ।
तारकेश्वर–१० मा डेरा गरी बस्ने धादिङको रुबी भ्याली गाउँपालिका–३ घर भएकी रेली माया तामाङको डेराकोठाबाट चोरी भएको हो ।
शुक्रबार बिहान कोही नभएको मौकामा सुनचाँदीका गरगहना चोरी भएको प्रहरीले बताएको छ ।





