धरहराको पार्किङ र व्यवस्थापन अब महानगरले गर्ने

२०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौं : धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनको जिम्मा अब काठमाडौं महानगरपालिकाले लिने भएको छ ।

शुक्रबार नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले धरहरा क्षेत्रको तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन र अन्य पहलमा अध्ययन गरी सुझाव पेस गर्ने लागि शहरी विकास मन्त्रालय र काठमाडौं महानगरका पदाधिकारीबाट संयुक्त समिति गठन गर्ने निर्णय गरेको छ ।

धरहराको बाहिरी संरचना सम्बन्धी कामहरू पनि काठमाडौं महानगरको जिम्मामा रहनेछ । महानगरले यसको सम्पूर्ण आर्थिक दायित्व समेत लिनेछ । बैठकमा गृहमन्त्री ओम प्रकाश अर्यालसहित अन्य सरोकारवालाहरू पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार