एमालेको झण्डा जलाएको आरोपमा एक व्यक्ति पक्राउ

२०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौं : नेपाल प्रहरीले दाङमा एमालेको झण्डा जलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

हिजो फागुन ७ गते राति ९ः३० बजेको सयमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा एमालेको झण्डा जलाईएको थियो । प्रहरीले अनुसन्धानको क्रममा घट्नामा संलग्न रहेको पहिचान भएका तुलसीपुर कालाखोला बस्ने वर्ष ५५ को बुद्धि बहादुर बस्नेतलाई आज पक्राउ गरेको हो । प्रहरीले यो घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी कार्य जारी रहेको जनाएको छ ।

निर्वाचनको समयमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्नको लागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार