टी-२० विश्वकप : अस्ट्रेलियाले ओमानलाई ९ विकेटले हरायो

२०८२ फाल्गुन ९, शनिबार

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेको छ ।

क्यान्डीस्थित पालेकेले स्टेडियममा भएको समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेको हो । ओमानले दिएको १०५ रनको लक्ष्य अस्ट्रेलियाले ९.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कप्तान मिचेल मार्शले ३३ बलमा अविजित ६४ रन बनाए । ट्राभिस हेड १९ बलमा ३२ रन बनाएर आउट भए । जोश इङ्लिस १२ रनमा अविजित रहे । ओमानका लागि एकमात्र विकेट शकील अहमदले लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १६.२ ओभरमा अलआउट हुँदै १०४ रन बनाएको थियो ।

ओमानका लागि वासिम अलीले सर्वाधिक ३२ रन बनाए । कप्तान जतिन्दर सिंहले १७ तथा हम्माद मिर्जाले १६ रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले ३.२ ओभरमा २१ रन दिएर ४ विकेट लिए । ग्लेन म्याक्सवेल र जेभियर बार्टलेटले २-२ तथा मार्कस स्टोइनिस र नेथन एलिसले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार