सुनको मूल्य सातामा १२ सय रुपैयाँले बढ्यो

२०८२ फाल्गुन ९, शनिबार

काठमाडौं : यो साता सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवासीयका अनुसार यो साता सुन १२ सय रुपैयाँले बढेको हो। फागुन १ गते शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँ रहेको साताको अन्तिम कारोबार दिन फागुन ८ गते शुक्रबार ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भयो ।

आइतबार फागुन ३ गते २३ सयले बढेर ३ लाख पाँच हजार ८०० रुपैयाँ पुग्यो । सोमबार सुनको मूल्य ३ हजारले घट्यो । उक्त दिन सुनको मूल्य ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

मंगलबार ३ लाख १ हजार ९००, बुधबार ३ लाख ४ सय, बिहीबार ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भयो । शुक्रबार सुनको मूल्य स्थिर रही बिहीबारकै मूल्य ३ लाख ४ हजार ७०० मा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार