रास्वपाले चुनाव जित्ने नदेखेपछि झण्डा जलाउन थाल्यो : ओली

२०८२ फाल्गुन ९, शनिबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव जित्न सकिन्न भन्ने निष्कर्ष निकालेको आफूले बुझेको बताएका छन् ।

झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले चुनाव हार्ने निष्कर्ष निकालेका कारणले झण्डा जलाउने, अभद्र व्यवहार गर्ने र तनाव बढाउने काम गर्न लागेको देखिएको भन्दै चुनाव भाँड्ने तर्फ अगाडी बढेको देखिएको बताए ।

उनले भने – यसको अर्थ आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुने दिने, पक्षमा नतिजा आउँदैन भने चुनाव हुन नदिने, मैले केही दिन यताका घटनाक्रम हेर्दा रास्वपाले चुनाव भाँड्न खोजेको जस्तो देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार