सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

२०८२ फाल्गुन ९, शनिबार

काठमाडौं : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ ।

आज सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा दुवै पक्षका कार्यकर्तासँग भिडन्त भएको हो । सुरुमा भनाभनमा सीमित रहेको विवाद केही बेरमै हातहालाहालमा परिणत भएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो। हाल अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार