चुनाव नहुने हल्लाका पछाडि नलाग्न प्रचण्डको आग्रह

२०८२ फाल्गुन ९, शनिबार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा पाखा लगाइएका केही व्यक्तिहरूले निर्वाचन नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले निर्वाचन हुने निश्चित भइसकेको अवस्था नेपाली जनक्रान्तिद्वारा इतिहासमा पाखा लगाइएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको बताए । उनले चुनाव नहुने हल्ला र प्रचारका पछाडि नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न आग्रह गरे ।

प्रचण्डले निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीहरूका चलखेलको केही अर्थ नरहेको स्पष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार