रवि लामिछाने फेरि जेल जाने निश्चित छ : ममता शर्मा

२०८२ फाल्गुन ९, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टी सभापति रवि लामिछाने फेरि जेल जाने निश्चित रहेको र उनलाई दिइने मत खेर जाने दाबी गरेकी छन्।

रास्वपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकी शर्माले संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन्।

चितवन क्षेत्र नम्बर-२ का मतदातासँग अपिल गर्दै शर्माले भनिन्, ‘दुई-दुई पटक तपाईंहरूले ५० हजारभन्दा बढी मत दिएर रवि लामिछानेजीलाई जिताउनुभयो। एउटा विवादित व्यक्तिलाई पटक-पटक मतदान गर्दा तपाईंहरूको भोट खेर गइरहेको छ। यसपटक विचार पुर्‍याएर राम्रो व्यक्तिलाई अगाडि बढाउनुस्।’

उनले लामिछानेको कानुनी संकट अझै नसकिएको र उनी फेरि जेल जाने अवस्था रहेको जिकिर गरिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार