भक्तपुर–२ मा कांग्रेसको पुनरागमन हुन्छ : कविर राणा

२०८२ फाल्गुन १०, आईतवार

काठमाडौं : भक्तपुर क्षेत्र नं–२ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार कबिर राणाले आफू गठबन्धनले अघिल्लो निर्वाचनमा पाएको मतभन्दा बढी मतसहित विजयी हुने ठोकुवा गरेका छन्।

आज आयोजित अन्तरसंवाद कार्यक्रममा राणाले भक्तपुर–२ कांग्रेसको परम्परागत गढ रहेको स्मरण गराउँदै यसपटकको निर्वाचनमा “इतिहास दोहोरिने मात्र होइन, नयाँ कीर्तिमान बन्ने” दाबी गरे।

उनका अनुसार विगतमा गठबन्धनका कारण कांग्रेसका धेरै मतदाताले खुला रूपमा आफ्नो पार्टीलाई मत हाल्न नपाएको अवस्था थियो। तर यसपटक आफ्नै उम्मेदवार मैदानमा रहेकाले काँग्रेस समर्थकहरू पूर्ण रूपमा सक्रिय भएको उनले बताए। “यो पटक कांग्रेसको मत कांग्रेसकै बाकसमा खस्नेछ”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार