घर छाडेका साथीहरू फर्किनुस् : प्रवक्ता चालिसे

२०८२ फाल्गुन १०, आईतवार

काठमाडौं : नेपाली कांग्रेसले दल छाडेका साथीहरूलाई पुन: फर्किन आह्वान गरेको छ।

आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रवक्ता देवराज चालिसेले कांग्रेसमा फर्किन अनुरोध गरेका हुन्।

‘निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस प्रति आकर्षण चुलिँदै गएको छ। विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि अन्य नेता कार्यकर्ताहरू नेपाली कांग्रेस पार्टीमा आबद्ध हुने लहर देशभरि चलेको छ। हामी सबैलाई सम्मानजनक ढंगले पार्टीमा भित्र्याएर लोकतन्त्रको हकदार बनाउन चाहन्छौं। हामी पुन: आह्वान गर्न चाहन्छौं, घर छाडेका साथीहरू फर्किनुस्,’ उनले भने।

उनले अन्य दलमा रहेका नेताहरूलाई पनि कांग्रेसमा जोडिन अनुरोध गरेका हुन्। ‘अन्य पार्टीमा रहेका साथीहरू नेपाली कांग्रेसमा जोडिनुस् र मुलुकको नवनिर्माणमा सरिक हुनुहोस्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार