काठमाडौं : निर्वाचन आयोगले चुनाव प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरुप प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ।
आयोगले आज (फागुन १० गते) सूचना प्रकाशित गरी राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरुपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग नपाउने बताएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घण्टी बजाउँदै चुनाव प्रचार गरेको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको गुनासो आएपछि आयोगले यस्तो निर्णय गरेको हो।
आयोगको यो निर्णयसँगै अब रास्वपाले घण्टी बजाउँदै गरिरहेको चुनाव प्रचारको शैली अब परिवर्तन गर्नुपर्ने भएको छ।











