मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ अवसरहरू आउनेछन् साथै पुराना अधुरा रोकिएका कामहरू पूरा गर्ने समय रहेको छ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। मान सम्मानमा वृद्धी हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजनाहरू सुरु गर्ने राम्रो समय रहेको छ। पढाइ र बौद्धिक काममा सफलता प्राप्त हुनेछ। शेयर बजारबाट लाभार्जन गर्न सकिनेछ। व्यापार व्यवसायमा धनलाभ र बचत बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमतामा वृद्धि हुनेछ। घरपरिवारमा शुभकामको चर्चा हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। समस्या दर्शाउँदा सहयोगीहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक लाभको संकेत देखिएको छ। दाम्पत्य जीवनमा मिठास बढ्नेछ। वैदेशिक अवसर प्राप्त हुन सक्छ। समाजमा प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रचनात्मक कार्य आरम्भ गर्ने समय रहेको छ। पहिलाको सफलताले थप काम गर्न हौसला मिल्नेछ। अध्ययन र अनुसन्धानमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। मेहनतको उचित मूल्यांकन पाइनेछ। सामाजिक क्षेत्रमा पदीय जिम्मेवारी मिल्नेछ। नयाँ उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्षमा क्रमश सुधार हुने संकेत देखिएको छ। परिवारसँग सानो मतभेद हुन सक्छ धैर्य राखेर अगाडि बढ्नुहोस्। स्वास्थ्यमा घाँटी दुख्ने वा रुगा लाग्ने समस्याले सताउन सक्छ सावधानी अपनाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जागिरमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। खर्च बढ्न सक्छ बजट मिलाएर चल्नुहोस्। समाजमा मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा व्यस्तता बढ्नेछ। श्रमको उचित फल नपाइएला धैर्य राखौं। स्वास्थ्यमा पेट सम्बन्धी समस्या देखापर्ला। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) करियरमा परिवर्तनका संकेत छन्। साथीभाइहरूबाट सहयोग पाइएला। गोप्य कुराहरु सार्वजनिक नगर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक पक्ष बलियो हुनेछ साथै नयाँ लगानीहरूबाट फाइदा मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सावधानी अपनाउनुहोस्। जग्गा जमिनबाट लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भविष्यको लागि कार्यक्षेत्रमा जग बसाउने अवसर रहेको छ। व्यापार व्यवसायमा आँटले दिगो लाभ उठाउन सकिनेछ। कार्यक्षेत्रमा केही बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ९ रहेको छ।










