टी-२० विश्वकप : भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित

२०८२ फाल्गुन ११, सोमबार

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ को तेस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको छ।

जारी विश्वकपमा भारतको यो पहिलो हार हो। आइतबार गुजरात, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको भारतले १८.५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनायो।

भारतका लागि शिवम दुवेले सर्वाधिक ४२ रन बनाएर आउट भए। त्यस्तै, भारतका कप्तान सूर्यकुमार यादव १८ रन बनाएर आउट भए। अफ्रिकाका लागि केशव महाराजले ३ विकेट लिए। त्यसअघि, टस जितेर ब्याटिङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको हो।

अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ६३ रन बनाए। भारतका जसप्रीत बुमराहले ३ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार