देश बनाउने एक मात्र सही पार्टी एमाले हो : ईश्वर पोखरेल

२०८२ फाल्गुन ११, सोमबार

काठमाडौँ : नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहनुभएका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका हुन् ।

पोखरेलले देश बनाउने सही पार्टी एमाले मात्रै भएको उल्लेख गरे । निर्वाचन क्षेत्रका मतदाता, पार्टी कमिटी लगाएको आवश्यकताका आधारमा आफ्नो उम्मेदवार रहेको भन्दै पोखरेलले जनताका समस्याहरू र यसअघि गरेका धेरै योजनाहरूलाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।

आफूले गरेका कामका बारेमा मतदाता जानकार रहेकाले जनताले आफूलाई मत दिएर विजयी गराउने उनको दाबी छ । काठमाडौँ क्षेत्र नम्बर ५ मा एमालेबाट पोखरेलका साथै काँग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा, रास्वपाबाट सस्मित पोखरेल लगायतका उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार