ललितपुर : नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गरेकी छिन् ।
नमूना महिला सञ्जाल गोदावरीले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित महिला भेलामा उनले ललितपुर क्षेत्र नं १ मा धेरै उम्मेदवार भए पनि सबैको पृष्ठभूमि हेरेर मतदान गर्न आग्रह गरे । उपसभापति भुसालले आफ्नो पार्टीले अगाडि सारेको उम्मेदवार उदयशम्शेर राणा दाग नलागेको, भ्रष्टाचारविरोधी र इमान्दार रहेको दाबी गरे । उनले राणाको नेतृत्व र निष्ठामाथि कसैले औँला ठड्याउन नसक्ने भन्दै उनको विजय नै यस क्षेत्रको विकासको आधार भएको उल्लेख गरे ।
कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै उपसभापति भुसालले राणाको जितले यस कार्यमा बल पुग्ने धारणा राखे ।










