फिल्म ‘कार्की साइँला’ को छायांकन धनकुटाबाट सुरु

२०८२ फाल्गुन १२, मंगलवार

काठमाडौं : राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’ को छायांकन सुरु भएको छ । मंगलबार पूर्वी नेपालको धनकुटाबाट फिल्मको छायांकन सुरु भएको हो ।

पहिलो दिनको छायांकनमा कलाकार जितु नेपाल, प्रियना आचार्य मुन्नी, सुशील पोखरेल, वीरेन्द्रसिंह कुशहुवा, मान्सी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटाले सहभागिता जनाए । निर्देशक बस्नेतले एक महिनाको तालिकासहित छायांकन सुरु भएको जनाए । उनका अनुसार धनकुटा, बराहक्षेत्र र चतरामा छायांकन हुनेछ ।

फिल्ममा मुन्नीले जितुको जोडीको भूमिकामा अभिनय गर्नेछिन् । यसअघि उनले ‘झरिपछिको इन्द्रेणी’ र ‘लाज शरणम्’ मा अभिनय गरेकी थिइन् । ‘सक्किगो नि’ श्रृंखलाबाट चर्चामा आएकी प्रियना र जितुको पहिलो सहकार्य हो । कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा बालकुमार राई निर्माताको रुपमा छन् । कृष्ण भगत चाम्लिङको प्रस्तुति रहेको फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहने छ ।

यस फिल्मको एक्सन कोरियोग्राफी किरण दाहालको छ । संगीत दिप्सन लिम्बु, प्रोडक्सन सीबी भण्डारीको छ । छायांकन पछाडि मात्र प्रदर्शन मिति तय गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार