फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि भारतमा प्रदर्शन हुने

२०८२ फाल्गुन १४, बिहीबार

काठमाडौं : अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ ।

त्यहाँस्थित नेपालीभाषी दर्शकलाई लक्षित गर्दै फिल्म २७ फेब्रुअरी, शुक्रबारदेखि रिलिज हुने भएको हो । नेपालमा सुपरहिट बनेको यो फिल्म दक्षिण छिमेकी मुलुकमा प्रदर्शनमा आउन लागेको हो । अभिनेता केसीको करिअरमा सर्वाधिक कमाउने कीर्तिमान समेत यसले रचेको छ ।

दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, कालिम्पोङ, सिलिगुडी र कोलकातासहित नेपालीभाषी दर्शकको उल्लेख्य बसोबास रहेका अन्य विभिन्न ठाउँका हलमा फिल्म लाग्नेछ । कतिपय हलले अग्रिम टिकट विक्री खुलाएको जनाइएको छ ।

रिलिजको पूर्वसन्ध्यामा बिहीबार गान्तोकमा प्रिमियर शो आयोजना गरिएको छ । प्रिमियरमा सहभागी हुन अनमोलसहित भुवन केसी, जसिता गुरुङ, संगीतकार कालिप्रसाद बाँस्कोटा सहभागी हुने निर्माता सरोज न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार