काठमाडौँ : प्रेमकथामा आधारित फिल्म प्रेम गीताको कथावस्तु झल्किने पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहिवार फिल्मको पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी साजिद खान र जाहान्वी बस्नेतलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्मको प्रेमप्रधान तथा संगीतमय धारको संकेत गरेको छ।
यो फिल्ममार्फत साजिद खान नया“ अनुहारका रूपमा प्रस्तुत भएका छन्। उनको यो डेब्यु फिल्म हो। उनका अलवा यो फिल्ममा जाहान्वी बस्नेत, सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ, आइशा पौडेल, दिप्सन लिम्बू, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा, श्याम मगरलगायत कलाकारले अभिनय गरेका छन्।
अर्नव बस्नेतको प्रस्तुतिमा निर्माणाधीन फिल्ममा कथा सीताराम ढुंगेल, पटकथा र संवाद मौनता श्रेष्ठ, संगीत दिप्सन लिम्बू, नृत्य निर्देशन सुरेश पाण्डे, द्वन्द्व निर्देशन किरण दाहाल, डिओपी रामेश्वर हुमागाई“, रङ संयोजन प्रवीण ढकाल, मिक्सिङ मुकेश शाह र सम्पादन बन्दे प्रसादको रहेको छ। फिल्मका निर्देशक राजेन्द्र बस्नेतका अनुसार फिल्मले युवापुस्ताको प्रेम, भावना र संघर्षलाई केन्द्रमा राखेको छ।










