काठमाडाैं : आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परालको आगो’को फस्ट लुक्स सार्वजनिक भएको छ। बिहीबार निर्माण टिमले चलचित्रको पहिलो पोस्टर रिलिज गरेको हो।
चलचित्र मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको पहिलो पोस्टरमा तीनै पात्रलाई समावेश गरिएको छ ।पोस्टरमा कलाकार सुहानाले सिउँदोमा सिन्दूर, अनि निधारमा टीका लगाएको देखाइएको छ तर पनि यता प्रकाश सपुत घुम ओढेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ ।
ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक सङ्घर्षलाई उठान गरिएको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नुभएको छ । चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय छ ।










