नेकपाप्रति जनताको विश्वास बढ्दै गयो : प्रचण्ड

२०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा (एमाले) रक्षात्मक अवस्थामा पुग्दा आफ्नो पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन् ।

शुक्रबार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । अन्य पुराना राजनीतिक दलहरू रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रूपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उनको जिकिर छ ।

“नेपाली कम्युनिस्ट पार्टी मात्रै त्यस्तो पार्टी बनेको छ, जुन महाअभियानको रूपमा निर्वाचनमा अगाडि बढेको छ र उभारको रूपमा देखा परेको छ,” प्रचण्डले भने, “अन्य पुराना पार्टीहरू रक्षत्मक छन् । हामी मात्रै आक्रामक ढंगले अगाडि बढेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार