निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा

२०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं : सरकारले यही फागुन २० गतेदेखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिएको छ ।​

गृह मन्त्रालयले बिहीबार सूचनामार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

‘२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा मिति २०८२/११/२० देखि २०८२/११/२२ गतेसम्म ३ (तीन) दिन मुलुकभर सार्वजनिक बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा भनिएको छ ।

null
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार