स्वाधिनताभन्दा ठूलो विकास होइन : हर्क साम्पाङ

२०८२ फाल्गुन १५, शुक्रबार

सुनसरी : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधिनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन् ।

आज धरानमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले देश निर्माणको आधार स्वाधिनता, श्रम र जनसहभागिता भएको उल्लेख गरे । यही २१ गते हुने निर्वाचनलाई सही नेतृत्व चयन गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै अध्यक्ष राईले गफभन्दा काम गर्ने उम्मेदवारलाई मत दिन अपिल गरे । “निर्वाचन भनेको चुन्ने प्रक्रिया हो, त्यसैले जनताले सोचेर निर्णय गर्नुपर्ने समय आएको छ ।

अब सबै मिलेर देश बनाउनुपर्छ, बचाउनुपर्छ,” उनले भने, “देशभर श्रम संस्कृतिको अभियान विस्तार गर्न आवश्यक छ ।” विदेशमा श्रम बेच्न बाध्य नेपाली युवाको अवस्थालाई परिवर्तन गर्न स्वदेशमै श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । सामाजिक विभेद अन्त्य गर्दै सत्य र तथ्यमा आधारित राजनीति आवश्यक रहेको उनको भनाइ थियो ।

आगामी निर्वाचनपछि सक्षम र जिम्मेवार नेतृत्व चयन भए जनसहभागितामा आधारित विकास अभियानले गति लिने उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार