सुनको मूल्य सातामा ४ हजार ६ सय रुपैयाँले बढ्यो

२०८२ फाल्गुन १६, शनिबार

काठमाडौं : यो साता सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत फागुन १० गते आइतबार सुनको मूल्य ३ लाख १० हजार ३ सय रुपैयाँमा रहेको सुन साताको अन्तिम कारोबार दिन फागुन १५ गते शुक्रबार ३ लाख १४ हजार ९ सय मा कारोबार भयो ।

यस्तै, सोमबार सुनको मूल्य बढेर ३ लाख १३ हजार ५ सय पुग्यो । मंगलबार ३ लाख १४ हजार ८ सय, बुधबार सुनको मूल्य स्थिर रही ३ लाख १४ हजार ८ सय रुपैयाँमै कारोबार भएको थिय। त्यसैगरी, बिहीबार ३ लाख १५ हजार ४ सय र शुक्रबार ३ लाख १४ हजार ९ सयमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

समग्रमा यो साता सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार