पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत

२०८२ फाल्गुन १६, शनिबार

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखेको छ ।

भारतीय आयल निगमबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार, पेट्रोलमा २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो ।

तर, हाललाई साविककै मूल्य कायम गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार