रास्वपा कर्णालीकी संस्थापक महामन्त्री कांग्रेस प्रवेश

२०८२ फाल्गुन १७, आईतवार

काठमाडौं : रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् ।

बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित  कार्यक्रममा स्वागत गरेका छन् । बिक र बस्नेतसँगै रास्वपाका दर्जनौँ सक्रिय नेता तथा कार्यकर्ताहरूले पनि ‘घण्टी’ छाडेर ‘रुख’ चिह्न रोजेका छन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै उपसभापति शर्माले मुलुकको लोकतान्त्रिक आन्दोलन र विकासका लागि कांग्रेसको विकल्प नरहेको भन्दै युवा र अनुभवी नेतृत्वको आगमनले पार्टीलाई थप उर्जावान बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार