मोरङ : मोरङको रतुवामाईबाट मतदातालाई पैसा बाँड्न लागेको आरोपमा नेपाली कांग्रेसका ३ कार्यकर्ता पक्राउ परेका छन् ।
मतदातालाई प्रभावित पर्न पैसा बाँड्न लागेको आरोपमा तुवामाई नगरपालिका–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार राति तुवामाई–७ जामवाढीमा चेकजाँच गर्दा को. १ च ७३३८ नम्बरको कारबाट ४ लाख ४९ हजार रूपैयाँ नगद, कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमूना मतपत्रसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।





