काठमाडौँ ४ मा सचिनलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार कार्कीले पारे उम्मेदवारी निष्क्रिय

२०८२ फाल्गुन १७, आईतवार

काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका केदार कार्कीले उम्मेदवारी निष्क्रिय पारेका छन् ।

उनले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली काँग्रेसलाई समर्थन गरेका हुन् । क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट सचिन तिमिल्सनाले उम्मेदवारी दिएका छन् ।

कार्कीको निर्णयसँगै उक्त क्षेत्रमा काँग्रेस उम्मेदवारलाई थप राजनीतिक बल पुग्ने विश्लेषण गरिएको छ। यसअघि उक्त क्षेत्रमा काँग्रेसबाट गगन थापा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार