टी-२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश

२०८२ फाल्गुन १८, सोमबार

काठमाडौं : भारत आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । सामसनले ५० बलमा अविजित ९७ रन बनाए । वेस्ट इन्डिजले दिएको १९६ रनको बलियो लक्ष्य भारतले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । अन्तिम ओभरमा ७ रन आवश्यक हुँदा सामसनले छक्का र चौका प्रहार गरे ।

तिलक वर्माले २७, कप्तान सूर्यकुमार यादवले १८, हार्दिक पान्ड्याले १७ रन बनाए । भारतको टी-२० विश्वकपमा सर्वाधिक सफल रन चेज समेत हो ।वेस्ट इन्डिजका शमार जोसेफ र जेसन होल्डरले २-२ विकेट लिँदा अकिल होसेनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रस्टन चेसले सर्वाधिक ४० रन बनाए । जेसन होल्डर ३७ तथा रोभमन पावेल ३४ रनमा अविजित रहे । वेस्ट इन्डिज ११९-४ को अवस्थाबाट पाँचौं विकेटका लागि होल्डर र पावेल मिलेर ७६ रनको साझेदारी गरेका थिए ।

भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए भने हार्दिक पान्ड्या र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार