चलचित्र ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक

२०८२ फाल्गुन १९, मंगलवार

काठमाडौं : फागु पूर्णिमाको अवसर पारेर चलचित्र ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण टीमले सोमबार ओएसआर युटुब च्यानलबाट यो चलचित्रको टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा एउटा गाउँको तीन भाईको कथालाई प्रस्तुत गरिएको छ। तीन भाईको भुमिकामा कलाकारहरु बिनोद न्यौपाने, कुशल बिष्ट र फलित राई छन्। टिजरले मिलेर बसेका दाजुभाई र विवाहपछि सम्बन्धमा आउने खटपट अनि संघर्षलाई देखाएको छ।

निर्देशक मधुसुधन भट्टराईको निर्देशनमा बनेको यो चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भुमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतका कलाकारले अभिनय छ।

सिद्धि सिने आर्ट्स् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन्। विक्रम तामाङ कार्यकारी निर्माता रहेको यो चलचित्रको सह-निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे र विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।

चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् । शिव ढकालले खिचेको चलचित्रको सम्पादन बनिश शाहले गरेका छन्। चलचित्र आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार