काठमाडौं : आम जनता पार्टीका नेता तथा समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण भएको छ ।
चुनावी प्रचारप्रसारको क्रममा हिजो उनीमाथि सांघातिक हमला भएको जनाईएको छ । उनको नाकको हड्डी टुटेको छ । सोमवार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि आक्रमण भएको हो । आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुरमा रहेको एक अस्पतालमा उपचार भएको थियो ।
उपचारपछि हाल उनी गुजरास्थित आफ्नो घरमा आराम गरिरहेका छन् । चिकित्सकले उनको नाकको हड्डी भाँचिएको बताएको जनाईएको छ । मन्सुरीले घटनाको सत्य तथ्य छानबिन गरी दोषी लाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।





