जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र

२०८२ फाल्गुन १९, मंगलवार

काठमाडौँ : समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि बबरमहलस्थि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले आज सूचना जारी गरी अस्थायी मतदान केन्द्र निर्धारण भएको हुँदा मन्त्रालय/आयोग/विभाग/आयोजना/कार्यालयमा कार्यरत सबै कर्मचारीलाई जानकारीका लागि अनुरोध गरेको छ ।

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ को दफा १७(१) बमोजिम अस्थायी मतदान केन्द्र तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार