काठमाडौं : फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि भारतमा प्रदर्शनमा आएको छ ।
नेपालीभाषी बहुल र भारतको पूर्वोत्तर राज्य सिक्किममा प्रिमियर आयोजना गर्दै फिल्मको भारतब्यापी रिलिज थालिएको हो । अस्ली प्रोडक्सन र रेडपान्डा मूभिजले ‘जेरी अन टप’ लाई भारतमा प्रदर्शनमा ल्याएका हुन् ।
पश्चिम बंगालपछि राजधानी नयाँ दिल्ली र आसाममा फिल्म रिलिज भएको जनाइएको छ । ‘जेरीः अनटप’ अनमोल केसीको करिअरकै सर्वाधिक कमाउने फिल्मसमेत हो। फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरूङ, केदार घिमिरे, भुवन केसी र उषा खड्गीलगायत कलाकारहरूको अभिनय रहेको छ।









