बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०८२ फाल्गुन २०, बुधबार

काठमाडौँ : सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीस्थित बीपी राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बुधबार मध्यान्ह बा.४ ख ३८९४ नम्बरको बसले ठक्कर दिँदा ज.१० प ९२३ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।

काठमाडौँबाट मरिणतर्फ जाँदै गरेको बसका चालक ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार