निर्वाचन बहिष्कार गर्ने नेकपा (बहुमत)का जिल्ला इन्चार्ज र सचिव पक्राउ

२०८२ फाल्गुन २०, बुधबार

विराटनगर : निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाई (जिल्ला इन्चार्ज) र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल (जिल्ला सचिव) रहेका छन्।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज दिउँसो साढे ४ बजेको समयमा मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार