खारेज भएका चिह्नमा मत नहाल्न आयोगको आग्रह

२०८२ फाल्गुन २०, बुधबार

काठमाडौँ : निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेजीमा परेका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ । केही निर्वाचन क्षेत्रमा उम्मेदवारी खारेज भए पनि मतपत्रमा चिह्नहरू बाँकी नै रहेकाले मतदाता झुक्किन सक्ने जोखिमलाई मध्यनजर गर्दै आयोगले यस्तो चेतावनी दिएको हो ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । ‘मतपत्र छपाइ भइसकेपछि कतिपय उम्मेदवारको उम्मेदवारी रद्द भएको छ । मतपत्रमा ती चिह्नहरू त रहनेछन्, तर त्यस्ता चिह्नमा परेको मत गणना हुने छैन । त्यो स्वतः काउन्टलेस वा बदर हुनेछ,’ उनले भने । आयोगले सम्बन्धित निर्वाचन क्षेत्रका मतदातालाई यसबारे सचेत गराउन निर्वाचन अधिकृतहरूमार्फत सूचना प्रवाह गरिरहेको र राजनीतिक दलहरूलाई पनि आफ्ना मतदातालाई यसबारे जानकारी दिन आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार