कतारले ग्यास उत्पादन रोक्दा भारत संकटमा

२०८२ फाल्गुन २०, बुधबार

नयाँ दिल्ली : मध्यपूर्वमा चलिरहेको युद्धका कारण भारतलाई ग्यास आपूर्ति गर्ने सबैभन्दा ठुलो देश कतारले आफ्नो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उद्योगको उत्पादन बन्द गरेको छ ।

यसले गर्दा भारत आउने जहाजहरूको आवागमन पनि रोकिएको छ र घरेलु बजारमा ग्यासको आपूर्तिमा ४० प्रतिशतसम्मको कटौती गरिएको छ । भारतले आफ्नो आवश्यकताको ४० प्रतिशत तरलीकृत प्राकृतिक ग्यास (लगभग २.७ करोड टन वार्षिक) कतारबाटै आयात गर्ने गर्छ ।

विदेशबाट आउने एलएनजीलाई ग्यासमै बदलेर सीएनजी र पीएनजी आपूर्ति गरिन्छ । यसको आपूर्ति रोकिएपछि सहरी ग्यास वितरण कम्पनीहरूले अवस्था छिट्टै नसुध्रिए कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) र पाइप प्राकृतिक ग्यास (पीएनजी)को भाउ बढ्न सक्ने चेतावनी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार