शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा प्रचण्ड विश्वस्त

२०८२ फाल्गुन २१, बिहीबार

चितवन : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने बताएका छन् ।

मतदानका लागि बुधबार चितवन आएका दाहालले निर्वाचन शान्तिपूर्ण हुनेमा आफू विश्वस्त रहेको बताए । सबै राजनीतिक दलहरुको सहभागितामा निर्वाचन हुने भएकाले कुनै समस्या नहुनेमा आफू ढुक्क रहेको उनले बताए । पूर्वप्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी स्कुल मतदान केन्द्रमा मतदान गर्नेछन्।

यो स्थानमा एक हजार ८६५ मतदाता र दुई वटा मतदान केन्द्र छन् । यही केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पनि मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार