सवारी दुर्घटनामा सात जनाको मृत्यु

२०८२ फाल्गुन २१, बिहीबार

काठमाडौँ : देशका विभिन्न भागमा बितेका २४ घण्टामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सप्तरी, सर्लाही, कास्की, दाङ, कञ्चनपुर र सिन्धुलीमा भएका दु्र्घटनामा उनीहरूको मृत्यु भएको हो । अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ महुली बजारमा स्कुटर र मोटरसाइकल ठोक्किँदा स्कुटर चालक अग्निसाइर कृष्णासवरण गाउँपालिका–१ बस्ने ४० वर्षीय श्याम देव चौधरी र स्कुटरमा सवार उनकी आठ वर्षीया छोरी कृतिकाकुमारी चौधरीको मृत्यु भएको हो ।

सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित सडकमा ट्याक्टरलाई मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–२ पुनर्वास टोलका २६ वर्षीय साहिल पासवानको मृत्यु भएको हो । यसैगरी, पोखरा महानगरपालिका–१० औद्योगिक क्षेत्रमो स्कुटरको ठक्करबाट परिचय नखुलेका पैदलयात्रीको ज्यान गएको जनाइएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१९ हाडीमेस्थित सडकमा मोटरसाइकल पल्टिँदा तुलसीपुर उपमहानगरपालिका–१९ का २२ वर्षीय दिपेन घर्तीमगरको मृत्यु भएको छ । कमलामाई नगरपालिका–४ हिरापानी नजिक बसले स्कुटरलाई ठक्कर दिँदा कमलामाई नगरपालिका–६ धुराबाजर बस्ने गोलान्जोर गाउँपालिका–२ बित्तिजोरका ३५ वर्षीय चन्द्र श्रेष्ठको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार