तेल अभिभ : इजरायलको मुख्य विमानस्थल बेन गुरियन विमानस्थल पाँच दिनपछि पुनः सञ्चालनमा आएको छ । इजरायल र अमेरिकाले इरानविरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि उक्त विमानस्थल बन्द गरिएको थियो ।
बिहीबार बिहान विदेशीमा अलपत्र परेका इजरायली नागरिकलाई स्वदेश फर्काउने पहिलो उडान यहाँ अवतरण गरेको थियो । इजरायली एयरलाइन्सहरूले विदेशमा अलपत्र भएर बसेका करिब १ लाख इजरायलीलाई क्रमशः स्वदेश फर्काउने तयारी गरिरहेका छन् ।
इजरायलले शनिबार आफ्नो हवाई क्षेत्र बन्द गरेपछि ती नागरिकहरू फर्किन सकेका थिएनन् । इजरायली अधिकारीहरूले सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा हवाई क्षेत्र आंशिक रूपमा खोल्ने निर्णय गरेका छन् ।









