कैलालीमा मतदान गर्न गएका वडाध्यक्षमाथि आक्रमण

२०८२ फाल्गुन २१, बिहीबार

काठमाडौँ : कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा वडाध्यक्ष शाहीमाथी आक्रमण भएको हो।

उनलाई एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप कांग्रेसले लगाएको छ। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार