काठमाडौं : प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति (पास) बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निर्वाचनको दिन अत्यावश्यक सेवा बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सो नियम उल्लङ्घन गर्दै सञ्चालन गरिएका मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





