काठमाडौं : जोआओ पेड्रोले ह्याट्रिक गरेपछि चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एस्टन भिल्लामाथि फराकिलो जित हासिल गरेको छ ।
चेल्सीले एस्टन भिल्लालाई उसैको मैदानमा ४-१ गोलअन्तरले हराएको हो । चेल्सीको जितमा पेड्रोको ह्याट्रिकसँगै कोल पाल्मरले एक गोल गरे ।अग्रता भने एस्टन भिल्लाले दोस्रो मिनेटमै लिएको थियो । डगलस लुइजले गोल गर्दै अग्रता दिलाएका थिए । ३५औं र इन्जुरी समयमा पेड्रोले गोल गर्दै पहिलो हाफमै चेल्सीलाई अग्रतामा फर्काए ।
५५औं मिनेटमा पाल्मरले गोल गरे भने ६४औं मिनेटम पेड्रोले ह्याट्रिक पूरा गर्दै ४-१ को जित दिलाए । जितपछि २९ खेलबाट ४८ अंक जोडेको चेल्सी पाँचौं स्थानमा उक्लिएको छ ।









