काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन चुनौती र बाधा अवरोधहरु धेरै भएपनि सबैको सहयोगले शान्तिपूर्वक निर्वाचन सम्पन्न गर्न सफल भइएको बताएकी छिन्।
जति अवरोध भएपनि जिम्मेवारीको बाटोबाट नभागेको उनको भनाई छ। सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिंदै उनले निष्ठा राखेर काम गर्दा सफल भइएको बताइन् ।
‘लगनशीलता भएमा कुनै कुरामा लागिपरे सम्भव हुने रहेछ । चुनौती भए पनि हामी आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गयौँ । हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन,’ उनले भनिन्,‘बाधा अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौँ। निस्वास्र्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो । जति अवरोध भए पनि बाटो हामीले छाडेनौँ ।’









